Breaking News

गाै बाेम बस्त माविमा नृत्य प्रतियाेगिता सम्पन्न, कृषा फगामी प्रथम, निशा र अञ्जली द्धितिय र पेरीसा तृतीय

पाेखरा । मालिका गाँउपालिका ५ मगरदाङ्ग स्थित श्री गाै बाेम बस्त माध्यमिक विद्यालयमा शुक्रबार  खुल्ला नृत्य प्रतियाेगिता सम्पन्न भएकाे छ ।

सामाजिक अध्ययन विषयकाे परियाेजना कार्य अन्तर्रगत कक्षा नाै का विद्यार्थीहरुले आयाेजना गरेकाे कार्यक्रममा कक्षा ७ कि कृषा फगामी प्रथम भइन् । निशा र अञ्जलीकाे समुह द्धितिय भए भने पेरीसाराना मगर तृतीय भइन् ।


कार्यक्रमका प्रमुख अतिथी तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मदन रानाले विद्यार्थीकाे आन्तरिक प्रतिभा प्रस्फुटन गर्न अतिरिक्त क्रियाकलाप निकै सहयाेगी हुने बताए । उनले यस्ता कार्यक्रमहरु निरन्तरता दिनुपर्ने बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक बुद्धि बहादुर रानाले अतिरिक्त क्रियाकलाप विना विद्यालय सर्वथा अधुरो र अपुरो नै रहने भएकाले विद्यालयले हरेक शुक्रबार कार्यक्रम गरिएकाे बताए ।

नृत्य प्रतियाेगिताकाे निर्णायकमा शिक्षकहरु सुनिता पाइजा कविता शर्मा र चाेम बहादुर घर्ती  रहेका थिए । विजेतालाई आइतबार विहान विहानी सभामा पुरस्कार वितरण गरिने छ ।

कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक बुद्धि बहादुर रानाकाे अध्यक्षता र शिक्षक चेत बहादुर जिटिकाे सञ्चालनमा सम्पन्न भएको थियो ।










 

No comments