Breaking News

बर्खामा निलो र हिउँदमा रगत जस्तै रातो हुने गाईखर्क ताल हेर्न विद्यार्थीकाे घुईंचाे ! (फाेटाे कथा)

 सामान्यतया पानी रंगविहीन हुने भए पनि जुनकुनै तालको पानी निलो देखिन्छ तर म्याग्दीको देविस्थान ५ दाङ्गामा रहेको तालकोे पानी रगतजस्तै रातो छ । थप जानकारीकाे लागि यहाँ थिच्नुहाेस् ।

 जो कोहिलाई झट्ट विश्वास गर्न कठिन हुन्छ तर यो सत्य हो । कतै पानीको मुहान देखिदैन, जंगलको विचमा अवस्थित जति खडेरी परे पनि पानी नसुक्ने अनौठो विषेशता भएको प्राकृतिक ताल हो गाईखर्क । हावा–हुरीले तालमा झारेका पात चराचुरुङ्गीले टिपेर लैजाने र कहिल्यै पानी फोहोर नहुने यसको अर्को विशेषता हो । यस तालको सबैभन्दा ठूलो विशेषता यो हो कि वर्षामा निलो र हिँउदमा यसको पानी पूर्ण रूपमा रगत जस्तै रातो रङ्गको हुन्छ । तालको छेउमै बराह देवताको मन्दिर रहेको छ ।

  याे हप्ता हामी सामाजिक अध्ययन विषयकाे  क्षेत्र भ्रमण अन्तर्रगत कक्षा नाै का विद्यार्थी सहित  विश्वको सबैभन्दा रहस्यमय ताल गाईखर्कको तालमा लुकेको  रहस्य खेाज्न  देविस्थान ५ दाङ्गामा पुगेका छाैँ । त्याे ताल किन  हिउँदमा रगत जस्तै राताे हुने र वर्षामा निलाे हुने रहेछ भन्ने  बारे एल्गी र ब्याक्टोरीयको कारण हिउँदमा तालको पानी रातो हुने म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताए । उच्च लवणताले एल्गीलाई सुरक्षात्मक क्यारोटिनोइड्सको कारणले रातो बनाउने युनिभर्सिटी अफ स्टटगार्टका एक अन्वेषकको तर्क छ ।  

आज हामीले त्यहाँ पुगे पछि खिचिएका मनाेहर तस्विरहरु सेयर गर्दै छाैँ । तपाई‌ पनि आफ्नाे ठाँउलाई माया गर्नुहुन्छ भने सेयर गर्नुहाेला है !

















No comments