Breaking News

असल अभिभावक कस्ताे हुनुपर्छ? अभिभावकले मनन गर्नु पर्ने कुराहरु

१,  बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस् ! टिभिमा ८ बजे भन्दा पछाडि आफ्नो बच्चा भन्दा महत्त्वपूर्ण केही आउँदैन ! 

२, आफ्नो बच्चाको स्कुलको कापी किताब हेर्नको लागि ३०/४५ मिनेट समय निकाल्नुहोस ! उसको गृहकार्य पूरा गराउनुहोस्! 

३, दैनिक सबै बिषयको कापी हेर्नुहोस। उस बिषयमा खास ध्यान दिनुहोस् जसमा उ राम्रो गरिरहेको छैन ! 

४, बच्चाको आधारभूत शिक्षा भबिश्यको लागि अति महत्त्वपूर्ण हुन्छ ! 

५, बच्चालाई रातको १० बजे सुत्न र बिहान ६ बजे उठ्नको लागि बानी बसाल्नुहोस् ! 

६, यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस ! 

७, आफ्नो बच्चालाई बिरुवा लगाउन र उसलाई हेरचाह गर्नको लागि बानी बसाल्नुहोस ! 

८, सुत्ने समय आफ्नो बच्चालाई पृथ्वीनारायण,भिमसेन,अम्बर सिंह थापा, बलभद्र कुवर जस्ताको जिबनी गाथा सुनाउनुहोस ! 

९, हरेक बर्ष गर्मी वा जाडोको छुट्टिमा (आफ्नो गक्ष अनुसार) कहि घुमाउन लानुहोस यसले उनीहरुको भिन्दै मान्छेको साथ नंया ठाउँमा बस्न सिक्छ्न ! 

१०, आफ्नो बच्चाको प्रतिभाको पत्ता लगाउनुहोस ! र उसलाई तिखार्न सहायता गर्नुहोस् ! ( बच्चा कुनै बिषय संगित, खेल, अभिनय , चित्रकला, नृत्य , आदिमा रुचि राख्न सक्छन् यसले उनीहरुको जीवन रमाइलो बनाउछ ! 

११, बच्चालाई प्लास्टिक प्रयोग नगर्नको लागि सिकाउनुहोस !  तातो खाना र पानी प्लास्टिकमा प्रयोग नगर्नको लागि भन्नुहोस् ! 

१२, भान्साकोठामा खाना बनाउने समय जो यस्तो होस् बच्चाले मन पराउन ! उनिहरुलाई खाना बनाउनको लागि आफुलाई सहयोग गर्नको लागि भन्नुहोस् बच्चाहरुलाई राम्रो लाग्ने छ ! 

१३, प्रत्येक बच्चा जन्मदा नै बैज्ञानिक हुन्छन् ! उनिहरु संग धेरै प्रश्न हुन्छन् , यो सबै प्रश्नको जवाफ हामी दिन सक्छौं ! हामी सचेत हुनुपर्छ बच्चाको प्रश्नमा रिसाउनु हुँदैन ! उसको प्रश्नको जवाफ तुरुन्त दिनुहोस् जवाफ् थाहा छैनभने सोधपुछ गरेर दिनुहोस् !



१४,  बच्चालाई अनुशासन र बाँच्नको लागि राम्रो तरिकाले भन्नुहोस् ( सहि र गलत व्याख्या गर्नुहोस् ) 

१५, बच्चालाई भर्नाको लागि कुनै सर्बश्रेष्ठ स्कुल खोज्नु भन्दा सबैभन्दा राम्रो स्कुल त्यो हो जहाँ तपाईंको बजेटको लागि उपयुक्त छ ! भबिस्यमा हामिले छोराछोरी को पढाइको लागि अधिक पैसा खर्च गर्नुपर्ने हुन्छ ! त्यसैले पैसा बचाउनुहोस यस्ता अरु खर्चिला स्कुलहरु पनि छन् त्यसैले घाँटी हेरि हाड निल्नुहोस ! 

१६, बच्चालाई आफै पढ्न र सिक्ने बानी बसाल्नुहोस ! 

१७, बच्चालाई मोबाइल फ़ोन प्रयोग गर्न नदिनुहोस , आबश्यक हुँदा आफ्नो निग्रानिमा मोबाइल प्रयोग गर्न दिनुहोस् !

१८, बच्चालाई आफ्नो काममा सहायता गर्नको आगि भन्नुहोस् ! जस्तै खाना बनाउन , सरसफाइ गर्न, सामान ब्यबस्थित गरि राख्न सिकाउनुहोस ! 

१९ , र सबैभन्दा महत्त्वपूर्ण चिज हामिले आफ्नो बच्चालाई शिक्षाको साथमा राम्रो संस्कार पनि दिनुपर्छ ! ताकी उनिहरु जिबनमा सफ़ल र सहि मानिस बन्न सकुन ! 

No comments