Breaking News

श्री गौ बोमबस्त माविमा ५८ औं राष्ट्रिय बालदिवस भब्य रुपमा मनाइयाे (फाेटाे फिचर)

 म्याग्दी – मालिका ५ देविस्थान स्थीत श्री गौ बोमबस्त माध्यमिक विद्यालयमा ५८ औं राष्ट्रिय बालदिवसका अवसरमा विविध कार्यक्रम गरी मनाइएको छ ।  विद्यालयमा  गठित प्रतिभा बाल क्लबले  र्याली  गर्दै गाँउ परिक्रमा गरि दिवस मनाएको हो । बाल अधिकारका सवालमा विभिन्न नाराहरु लेखिएका प्ले कार्डसहित डाँडागाउँ,भार्ता, चिपल्टी, भूमिथान हुँदै विद्यालय प्राङगणमा पुगेर सभामा परिणत भएको थियो ।

आयोजित कार्यक्रमका सहभागीहरुले जिम्मेवार परिवार, उत्तरदायी समाजमा मात्रै  बालबालिकाको विकास हुने बताए । उनिहरुले बालबालिकाको विकास  भए मात्रै समाज समुन्नत हुने बताएका थिए । बालक्लवका अध्यक्ष बिपाशा सिउथानीकाे अध्यक्षता तथा निवर्तमान वडा अध्यक्ष पिपला बुढाथाेकीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।  कार्यक्रममा  विविध साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएकाे क्लबका सचिब बिनिषा बुढाले जानकारी दिनुभयाे । 

कार्यक्रममा अभिभावक, विद्यार्थी र शिक्षकबीच  'बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी समाज'  विषयक वृहत् अन्तरक्रिया  गरिएको थियो ।  कार्यक्रमको सहजीकरण सामाजिक शिक्षक तथा पत्रकार प्रकाश अधिकारीले गर्नुभएको थियो ।

 बच्चाको शिक्षा भनेको अभिभावक र शिक्षकको सामुहिक प्रयत्न भएकाे भन्दै  भविष्यको असल नागरिक निर्माण गर्नका निम्ति शिक्षक र अभिभावकबीच हातेमालो गर्न आवश्यक रहेकाे बक्ताहरुकाे भनाई थियाे । बच्चालाई विद्यालय पठाएर मात्रै अभिभावकको जिम्मेवारी पूरा नहुने र आफ्ना बालबालिकाको सुन्दर भविष्य निर्माणका निम्ति अभिभावकले आफ्नो तर्फबाट पूर्ण प्रयत्न गर्नुपर्छ तथा बालबालिकालाई भविष्यमा के बनाउने भन्नेबारे शिक्षक र बालबालिकाबीच अभिभावकले सल्लाह र सुझाव लिनुपर्नेमा जाेड दिइएकाे थियाे । 

शिक्षक कविता शर्माले स्वागत गरेकाे कार्यक्रममा अभिभावक दुर्गा बुढा, राम ब. विक,तम प्रसाद पुन, टेक ब फागामी,रेके फागामी , विद्यार्थीहरु सुमिना घर्ती र विनिषा बुढाथाेकी र  शिक्षकहरु बुद्धि बहादुर राना, चेत बहादुर जिटी, सुनिता पाइजा, दीपक आचार्य, किरण थकाली, रस्मी पटेल र प्रेमकुमारी पुन लगायतले बोल्नुभएको थियो भने कार्यक्रम स‌चालन शिक्षक चेत बहादुर जिटीले गर्नुभएको थियो । 














No comments