Breaking News

एसईई कति जीपीए ल्याउनेले के पढ्न पाउने ?

 काठमाण्डौ –  बुधबार  पत्रकार सम्मेलन गरेर परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । 

राष्ट्रिय परीक्षा बोर्डले उच्च जिपिए ३.६ देखि ४.० ल्याउनेकाे स‍ंख्या ९ हजार ६ सय ३३ रहेकाे  जनाएकाे छ । यस्तै ३.२ देखि ३.६ जीपीए ल्याएर ४१ हजार ६२७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी २.८ देखि ३.२ जीपीए ल्याएर ६९ हजार ९०० विद्यार्थी उत्तीर्ण भएका छन् भने २.४ देखि २.८ जीपीए ल्याएर ९० हजार ७५८ विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ जना रहेको छ भने १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थीको संख्या १ लाख ५९४ जना रहेको छ ।

यस्तै १.२ देखि १.६ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ जना रहेको छ भने ०.८ देखि १.२ जीपीए ल्याउनेको संख्या ३ हजार २८० जना रहेको छ । परीक्षामा २२ हजार ६४० जना अनुपस्थित रहेको थियो ।

‘लेटर ग्रेडिङ’ प्रणाली शैक्षिक सुधारका लागि विश्व बैङ्कले ल्याएको अवधारणा हो । विश्वका एकसय ४६ मुलुकमा ग्रेडिङ प्रणाली लागू भएको छ । यद्यपि कतिपय देशहरुमा यो प्रणाली असफल समेत भएका छन् । ‘लेटर ग्रेडिङ’ प्रणाली अन्तर्गत नौ श्रेणीहरु छुट्याएको हुन्छ । जसमा अब ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि, इ र एन हुन्छ ।

९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए प्लस श्रेणी दिइन्छ । ८० देखि ८९ अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए, ७० देखि ७९ सम्म अङ्क प्राप्त गर्नेलाई बी प्लस, ६० देखि ६९ सम्मकालाई बी श्रेणी भनी छुट्याइएको छ । त्यसैगरी ५० देखि ५९ सम्मकालाई सी प्लस, ४० देखि ४९ सम्मकालाई सी, ३० देखि ३९ सम्मलाई डी, २० देखि २९ सम्मलाई इ र १ देखि १९ सम्मलाई एन अर्थात् ‘नो ग्रेड’ श्रेणी राखिएको छ ।

विज्ञान

विज्ञान समूह अध्ययन गर्न २.० जीपीएका साथै गणित र विज्ञानमा सी प्लस, नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस चाहिने प्रावधान छ । 

व्यवस्थापन

व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस आएको हुनुपर्नेछ ।

मानविकी र शिक्षा 

मानविकी र शिक्षा समूह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस आवश्यक छ ।

प्राविधिक स्वास्थ्य

त्यसैगरी प्राविधिकको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस चाहिन्छ ।

 इन्जिनियरिङ  

इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी, अंग्रेजीमा डी प्लस ल्याउनुपर्ने प्रावधानन छ ।

कृषि

मन्त्रालयले कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याए पुग्ने व्यवस्था लागू गरेको छ ।


कति ल्याउनेले के पढ्न पाउने ?



No comments