Breaking News

गौ बोमबस्त माविमा जुरेस गठन, अध्यक्षमा सुमिना घर्ती

प्रकाश अधिकारी

म्याग्दी, जेठ २३ गते । मालिका गाउँपालिका–५, मगरदाङ्ग स्थित श्री गौ बोमबस्त माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन भएको छ ।

प्रधानाध्यापक अमृत बुढाथोकी अध्यक्षता बसेको वैठकले स्कूलमा अध्ययनरत बिद्यार्थीहरुबाट १ जना शिक्षक नायक रहने गरि १२ जनाको समिति गठन गरेको छ ।  

बैठकले सुमिना घर्तीलाई अध्यक्षमा सर्बसम्मत चुनेको हो ।  गठित समितिमा वसन्त सिउँथानी उपाध्यक्ष, सन्ध्या बुढा सचिव, निपुन फगामी सह–सचिव, रेजिना फगामी कोषाध्यक्ष र  सदस्यहरुमासुरक्षा बुढा, पार्वती सेन्चुरी , भूमिका फगामी , देवित फगामी, रिया सुनार र गौरव फगामी चयन भएको प्रधानाध्यापक बुढाथोकीले जानकारी दिए ।




विद्यालय स्तर देखीनै वालवालिकामा मानविय सेवामा समर्पित गराउन र  विद्यार्थीहरुमा सहयोगको भावना बृद्घी गराई अतिरिक्त क्रियाकलापमा लगाउन सके राम्रो बिद्यार्थी उत्पादन हुने भएकोले समिति गठन गरेको प्रधानाध्यापक अमुत बुढाथोकी जानकारी दिए  । समिति गठन लगत्तै बैठकले जिल्ला रेडक्रसमा दर्ता लगायत विधान वनाउने काम गर्ने तथा आवस्यक सहयोगका लागि शिक्षक नायकमा विद्यालयका अंग्रेजी शिक्षक किरण थकालीलाई चयन गरेको छ । 

विद्यालयमा अध्यायनरत विद्यार्थीहरुको दाँंत किराले खाएको,गींजा दुख्ने र सुन्निे समस्या रहेकोले विभिन्न सरोकारवाला निकायहरुसंगको सहकार्यमा निःशुल्क डेण्टल शिविर सञ्चालन समेत निणर्य गरेको अध्यक्ष सुमिना घर्तीले जानकारी दिइन् । 


No comments