Breaking News

गौ बोमबस्तमा प्रतिभा बगैंचा निर्माण तथा वृक्षारोपण, अब खानेपानी मर्मत तथा धारा निर्माण गरिने

 प्रकाश अधिकारी,

म्याग्दी, २७ जेठ ।    प्रतिभा बाल क्लबले शुक्रबार विद्यालय परिसर सरसफाइ, वृक्षारोपण, गोडमेल तथा बगैंचा निर्माण कार्य सम्पन्न गरेको छ ।

मालिका गाउँपालिका–५, मगरदाङ्ग स्थित गौ बोमबस्त माध्यमिक विद्यालयमा नव गठित जुरेसकाे समन्वयनमा क्लबले अतिरिक्तm क्रियाकपाल अन्र्तरगत  शुक्रबार वद्यालय परिसरमा वृह्त सरसरफाइ तथा बगैँचा निमार्ण गरेको क्लबका अध्यक्ष विपासा सिउथानीले जानकारी दिईन् ।

सरसरफाइ कार्यक्रममा विद्यालयका ३०० भन्दा बढि बालबालिकाहरू सहभागि भएकाे जुरेस अध्यक्ष सुमिना घर्तिले जानकारी दिइन् । 

अर्काे शुक्रबार क्लबले विद्यालयकाे खानेपानी मर्मत तथा धारा निर्माण गर्ने बताएकाे छ । 

बाल क्लबमा आबद्ध भएका बालबालिकाले नेतृत्व विकास, क्षमता विकास तथा बाल अधिकारबारे छलफल, बाल सिर्जना समावेश गरी भित्ते पत्रिका प्रकाशन गरिने क्लबका सचिव बिनिसा बुढाथोकीले जाकारी दिइन् ।






No comments