Breaking News

गौ बोमबस्तमा रिडिङ क्लब गठन, अध्यक्षमा विन्दु वि.क.

प्रकाश अधिकारी 

म्याग्दी, २७ जेठ । विद्यार्थीहरुमा पढाइ संकृतिको विकास गर्ने उद्देश्यले श्री गौ बोमबस्त माध्यमिक विद्यालयमा रिडिङ क्लब स्थापना गरिएको छ । 

गत बर्ष पाठ्यपुस्तक बाहेक अत्याधिक लाइव्रेरीका पुस्तकहरु पढ्ने विद्याथीहरु मध्येबाट  रिडिङ क्लबको अध्यक्षतामा कक्षा १० की विन्दु विक चयन भएकी भएकी छिन् । क्लब उपाध्यक्षमा इच्छा फगामी, सचिवमा कृषा फगामी, सह–सचिवमा ललित सुनार र कोषाध्यक्षमा तृषना फगामी चयन भएका छन् । रिडिङ क्लबको सदस्यहरुमा प्रदिप सिउँथानी, तेजिना फगामी, प्रशान्त फगामी, वर्षा बुढाथोकी, सिमा पुन र शिखा सिउँथानी चयन भएको विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकीले जानकारी दिए । 

रिडिङ क्लबको पहिलो बैठकले संरक्षकमा प्रधानाध्यापक अमृत बुढाथोकी र शिक्षक तथा लाइव्रेरीयन सुनिता पाइजा पुनलाई शिक्षक प्रतिनिधिका रुपमा  छनोट गरेको नव निवार्चित अध्यक्ष विकले जानकारी दिइन् ।

पाठ्यपुस्तकबाहेक अन्य महान लेखकका पुस्तकहरू पढ्ने बानी सबैमा हुनुपर्छ भन्ने लागेर क्लबको स्थापना गरिएको विद्यालयकी लाइव्रेरीयन सुनिता पाइजा पुनले जानकारी दिइन् । 

विद्यालयको लाइव्रेरीलाई सिकाई सेन्टरको रुपमा विकास गर्ने रिडिङ क्लबको अवधारणा लेखक, पत्रकार एवंम् शिक्षक प्रकाश अधिकारीको हो । पुनले भनिन् “जीवनमा सफल हुन पढ्ने बानी हुनुपर्छ भन्ने पुनको विश्वास छ । प्रख्यात लेखकहरूका पुस्तकहरू पढ्दा हामी लेखकहरूको विचार जान्दछौं। साथमा ज्ञान पनि बढछ । जीवनमा सफल हुन पनि सकिन्छ।” ।


 नव निवार्चित अध्यक्ष विकले साप्ताहिक रुपमा बुक रिभ्यु, फिल्म स्क्यानिङ, छलफल तथा अन्तरक्रिया गरिने बताइन् । “सबैको सहयोगमा रिडिङ क्लबलाई अगाडि बढाउने हाम्रो लक्ष्य हो । साप्ताहिक छलफलमा, हामी सधैं फरक विषय छनोट गछौं र सकेसम्म विज्ञहरूलाई बोलाएर विश्लेषण गराउँछौं।” उनले भनिन् । “सके सम्म छिटो इलाइव्रेरी स्थापना गर्ने हाम्रो एउटा सपना छ । त्यसको लागि सबै दाजुभाइ तथा दिदि बहिनी एव सरोकारवाला निकायलाई सक्दो सहयोग गर्न अपिल गर्दछु ।” 

पढ्ने संस्कृतिको विकास गर्न वर्षभरी सबैभन्दा बढी पुस्तक पढ्ने, विद्यार्थी,शिक्षक र समुदायका प्रतिनिधिलाई पहारा ट्रसको सहयोगमा वार्षिक रुपमा पुरस्कार वितरण समेत गर्ने गरिन्छ । पहारा ट्रसको सहयोगमा विद्यालयमा स्थापना गरिएको लाइव्र्रेरीमा करिब ६ हजार किताबहरु रहेका छन् । 



 

No comments