Breaking News

आँखा रसाउने एउटा कथा : रामबहादुर सर र स्कुटर

 रामबहादुर सर प्राथमिक विद्यालयको शिक्षक हुनुहुन्छ ।

उहाँको घरबाट स्कुलको दुरि ८ किलोमीटर थियो , उहाँको विद्यालय सुनसान ठाउँमा छ । घरबाट स्कुल जानको लागि अरुको मोटरसाइकलमा सहयोग लिफ्ट मागेर आउने जाने गर्नुहुन्थ्यो । यदि आउने जाने साधन नपाए भगवान्ले दिएका खुट्टामा बिश्वास राख्नुहुन्थ्यो।

सरकारले एकान्त ठाउँमा किन स्कुल खोलेको होला बरु एकान्त ठाउँमा किराना पसल खोलेको भए आवातजावत गर्ने मोटरसाइकल त भेटिन्थ्यो भनी रामबहादुर सर हरेक दिन स्कुल जानेबेलामा सोच्नुहुन्थ्यो। 

बिस्तार बिस्तारै केहि पैसा जम्मा गरेर शिक्षक रामबहादुर सरले नयाँ स्कुटर लिनुभयो।

स्कुटर लिएपछि सरले कसम खाए कि म कहिल्यै कसैलाई  स्कुटरमा लिफ्ट सहयोग माग्छन् भने अस्विकार गर्दिन।

आखिर शिक्षक रामबहादुर सरलाई थाहा थियो कि कसैले लिफ्ट माग्दा अस्वीकार गर्दा कति लाजमर्दो महसुस हुन्छ भनेर। अब रामबहादुर सर आफ्नो नयाँ स्कुटरमा हरेक दिन स्कुल आउजाउ गर्नुहुन्छ र प्रत्येक दिन कोहि न कोही उहाँ सँग लिफ्ट मागेर जान्छन् र फर्किदा कोही न कोहि सहयोग माग्ने भेटिन्थ्यो।

एकदिन स्कुल बाट फर्किदै गर्दा समस्याग्रस्त लिफ्टको लागि एक ब्यक्तिले हात उठाए, रामबहादुर सरको बानी अनुसार उहाले स्कुटर रोके । त्यो मान्छे पछाडि बस्यो। 

अलि अगाडि जाने बित्तिकै ति ब्यक्तिले चकु निकालेर रामबहादुर सरको पिठ्युँमा तेर्सायो।  जति पैसा छ  त्यो र यो स्कुटर मलाई दे! त्यो ब्यक्तिले भन्यो। 

रामबहादुर सरले डरले काप्दै स्कुटर रोके , उहाँ सँग धेरै पैसा थिएन । प्राण भन्दा प्यारो स्कुटर र पैसा होइन स्कुटरको चाबी र आफुसँग भएको केहि पैसा हातमा थमाइदिदै रामबहादुर सरले भन्नुभयो: मेरो एउटा अनुरोध छ ।

कस्तो अनुरोध? त्यो ब्यक्तिले भन्यो।


यो स्कुटर कहाँबाट कसरी चोरेको भनेर कहिल्यै कसैलाई नभन्नु , मेरो बिश्वास गर्नुस् म प्रहरीमा उजुरी पनि गर्दिन । रामबहादुर सरले भन्नुभयो । 

किन र? त्यो ब्यक्तिले अचम्म मान्दै भन्यो। 

रामबहादुर सरले भन्नुभयो: यो रोड निकै सुनसान छ । सवारी पाइदैन , यस्तो दुर्घटना सुनेपछि मान्छेहरुले लिफ्ट दिन छाड्छन।त्यो ब्यक्तिको मन पग्लियो , तर के गर्नु धन्दा त धन्दा नै हो मेरो काम नै यसरी लुट्ने हो। भन्दै त्यो चोरले स्कुल लिएर भाग्यो। भोलिपल्ट बिहान रामबहादुर सर ढोकामा पत्रीका लिन आउनुभयो, ढोका खोलेर हेर्दा स्कुटर अगाडि छ । रामबहादुर सरको खुसिको ठेगान रहेन । उहाँ दौडिदै स्कुटर हुने ठाँउ जानुभयो र आफ्नो बच्चालाई झै माया गर्न थाल्नुभयो। स्कुटरमा एउटा कागज पनि थियो जसमा लेखिएको थियो..।

मास्टर जि यो नसोच्नु कि तपाईंको कुरा सुनेर मेरो मन पग्लियो।

हिजो तपाईंबाट स्कुटर लुटेर शहर लिएर गएको थिए, ग्यारेजमा बेच्नुपर्यो भनेर सोचेको मात्र के थिए: मैले बोल्नु अगाडि नै उसले भन्यो: यो त रामबहादुर सरको स्कुटर हो। 

रामबहादुर सरले कामको लागि यहाँ पठाउनु भएको बाहाना बनाइ त्यहाँबाट फुत्किए । सायद त्यो मान्छेले मलाई संका गर्‍यो होला। त्यसपछि म मिठाइ पसलमा गएँ, भोक लागेर केहि जुलफी समोसा अर्डर गरे। ओहो.. यो त मास्टरसाभको स्कुटर पो लिएर खाजा खान आउनु भएछ..त्यो मिठाइ पसलेले पनि भन्यो। 

"हो म यो सामान सरको लागि लिन आएको हुँ, घरमा पाहुना आएका भएर ।" त्यहा जसोतसो बाहाना बनाएर बाँच्न सफल भएँ..।

त्यसपछि मैले सोचे यो ठाउँ छोडेर अर्को ठाउँमा गएर यो स्कुटर बेच्छु । त्यहाँंबाट जादैगर्दा एउटा प्रहरिले मलाई समात्यो ।तपाइस्ँग यो मास्टर साभको स्कुटर कसरी? उ मलाई प्रश्न गर्न थाल्यो, मिठाइ को झोला देखाउदै यो लिनको लागि आएको भनी त्यहाँबाट बाहाना बनाएर फुत्किएँ। 

मास्टर साभ यो तपाईंको स्कुटर हो कि राजेस हमाल। सबैले चिन्छन । तपाईंको स्कुटर तपाइँलाई सुम्पिदै छु, मसँग बेच्ने न शक्ति छ न हिम्मत नै तपाईं लाई परेको समस्याको बदलामा स्टुटरको ट्याङ्की फुल गर्दिएको छु । 

पत्र पढेर रामबहादुर सर मुस्कुराउनु भयो, र भन्नू भयो राम्रो गरे राम्रै हुन्छ ।

********


No comments