Breaking News

अन्तर पालिका स्तरीय निबन्ध लेखन प्रतियाेगीतामा गौ बोमबस्त माविकी विपासा सिउथानी तेस्राे, हार्दिक बधाई







 प्रकाश अधिकारी

देविस्थान । अन्तर पालिका विद्यलय स्तरीय निबन्धलेखन प्रतियाेगीतामा मालिका गाउँपालिका–५, मगरदाङ्ग स्थित गौ बोमबस्त माध्यमिक विद्यालयकी  विपासा सिउथानी तेस्राे भएकी छिन् ।

नेकपा एमाले निकट अनेरास्वियुले आयाेजना गरेकाे प्रतियाेगीतामा पालिका भित्रका  विद्यालयका माध्यामिक तहमा अध्यान गर्ने विद्यार्थीहरूकाे सहभागिता रहेकाे गाै बाेमबस्त माविका शिक्षक चेत बहादुर जिटीले जानकारी  दिए । 

मेराे परिकल्पनाकाे स्थानिय सरकार विषयमा लेखिएकाे निबन्ध  प्रतियाेगितामा  किसानी माविका सम्झना खत्री र जनप्रिय माविका विजय पाैडेल लेखेका निबन्ध क्रमश पहिलाे र दाेस्राे भए । विजेताले  क्रमश ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाण पत्र पाए । त्यस्तै  निस्काेट मावि र केवि बाेडिङ सान्ताेना भए । सान्ताेनाले नगद एक एक हजार सहित प्रमाण पत्र पाएकाे अनेरास्वियुका नेता उदय बहादुर दर्जीले जानकारी  दिए ।

 मालिका गाँउपालिकाका उपाध्यक्ष  तथा कार्यक्रमका प्रमुख अतिथी  खरमाया विटालुले जनताको काम गर्ने प्लेटफार्म भनेर  इमान्दारीका साथ निरन्तर सेवा  गरिरहेकाे बताइन् । उनकाे जनप्रतिनिधिले गर्नुपर्ने काम र व्यवहार जनताको लागि गरेको  जिकीर छ ।

कार्यक्रमका जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुवेदीले मन्तव्य राखे भने  वालकृण्ण सुवेदी, बालकृण्ण शर्मा तथा शिक्षक नेता खेम जुगजालीले निणार्यककाे भुमिका निभाए । 

विद्यार्थीहरूले  अाफ्नाे निबन्धमा संविधानले संघ र स्थानीय सरकार बलियो हुने संघीयताको मोडललाई अंगिकार गरेको भए पनि राजनीतिक नेतृत्वहरू सबै तहका सरकारहरूको संस्थागत विकास गर्ने काममा चुकेकाे निश्कर्ष  निकाले । उनिहरूले स्थानीय सरकार सबैभन्दा तल छ तर बलियो भएकाे प्रमाण समेत पेस गरे । उनिहरूले कल्पना गरेकाे स्थानिय सरकारकाे ब्लु प्रिन्ट मात्रै देखाएनन्  नेताले प्रत्येक दिन निर्वाचनताका गरेका प्रतिबद्धता स्मरण गरेर काम गर्न सुझाव समेत  दिए । 

 

No comments