Breaking News

मेमोरी किङ अर्पणले दिए पढेका कुरा कहिल्यै नबिर्सने १० सुत्र, बन्ने हाेइन् त मेमोरी किङ ?

बिर्सने समस्याले धेरैलाई सताइरहेको हुन्छ । अझै भन्नु हो भने विद्यार्थीलाई यो समस्याले धेरै सताएको हुन्छ । पढेका कुरा एक छिनमा बिर्सने समस्याको कारण धेरै मेहनत गर्ने विद्यार्थी पनि असफल भएका उदाहरण सुन्न पाइन्छ । मेमोरी किङको नामले चिनिने अर्पण शर्माले दिएका यस्ता १० टिप्सहरू अपनाउनुभयो भने तपाईँले पढेको कुरा स्मरण गराउन सहज हुन सक्छ ।



१) विद्यार्थीले अध्ययन गर्दा हरेक शब्दलाई चित्रमा ढालेर पढ्नुपर्छ । हरेक कुरालाई फरक तरिकाले सोच्नुपर्छ । एकोहोरो रटेर हुँदैन । त्यसरी पढेको केहिदिन पनि टिक्दैन ।

 २) हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ । जस्तो तपाईंले कुनै गाह्रो पाठ पढिरहनुभएको छ भने, त्यसलाई रमाइला कुरा, चीज, घटनासँग जोडेर पढ्नुपर्छ 

३) निद्रालाई असर पर्ने गरी अध्ययन गर्नुहुँदैन । बिहान चाँडै उठ्नपनि अलार्मको प्रयोग गर्नु हुँदैन । निद्रा पुग्ने गरी सुत्नुपर्छ । 

४) एक घन्टा पढ्दा २० मिनेट आराम गर्नुपर्छ । 

५) पालुंगोको साग, बदाम, ओखरले दिमागको स्मरणशक्ति बढाउँछ । त्यसैले खानामा यस्तो खाद्यको प्रयोग बढाउनुपर्छ ।

६) सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गर्ने । राति अक्सिजन कम हुँदै जाने कारण पढेको सम्झन गाह्रो हुन्छ । विहान ४ बजेदेखि विहानको ९ बजेसम्म पढ्ने उत्तम समय हो । 

७) अध्ययन गर्दा मस्तिष्कलाई नियन्त्रण गर्न खोज्नु हुँदैन । दिमागलाइ जवरजस्त आफूले पढेको कुरामा ध्यानमा लगाउनु हुँदैन । निरन्तर पढ्ने गर्नुपर्छ । 

८) उत्तानो परेर वा घोप्टो परेर पढ्नु हुँदैन । यसले एकातर्फ स्मरण शक्ति घटाउँछ भने अर्कोतर्फ तपाईंको आँखालाई गम्भीर असर पुर्याउंछ । 

९) सकेसम्म उठ्ने र सुत्ने एउटै तालिका बनाउनुपर्छ । 

१०) पढ्दा सकेसम्म ठुलो स्वर ननिकाल्ने । एकान्तमा बसेर पढ्दा सम्झन सजिलो हुन्छ ।

No comments