Breaking News

जिल्ला स्तरिय नृत्य प्रतियोगितामा गौ बोमबस्त माविका सुदिप बुढा द्धितीय





प्रकाश अधिकारी 

म्याग्दी । 

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले आयोजना गरेको जिल्ला स्तरिय नृत्य तथा एकल गायन प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । 

म्याग्दी जिल्लाभरिका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको उल्लेखिए सहभागिता भएको जिल्ला स्तरिय नृत्य प्रतियोगितामा श्री गौ बोमबस्त माध्यमिक विद्यालयले दोस्रो स्थान हात पारेको छ । 

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले फागुन १३ गते प्रकाशन गरेको अन्तिम नतिजा अनुसार प्रकाश उच्च माविका मिलन थापामगर प्रथम, गौ बोमबस्त विद्यालयका सुदिप बुढाले द्धितीय र न्यु वेष्ट पोइन्टका क्रृष्ट्रिना पुनले तृतीय स्थान हासिल गरेका छन् । 

त्यस्तै एकल गायन तर्फ न्यु वेष्ट पोइन्टका लकुश पुन प्रथम भएका छन् । दुवै विधातर्फ जिल्लामा प्रथम, द्धितिय तथा तृतीय हुनेलाई शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले विहिबार एक कार्यक्रमको आयोजना गरि क्रमश. दुई हजार, एक हजार पाँच सय र एकहजार नगद सहित प्रमाण पत्रले सम्माने गरिने इकाइ प्रमुख दल बहादुर थापाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी उत्कृष्टता हाँसिल गरेका सुदिप बुढालाई विद्यालले पनि सम्माने गर्ने गौ बोमबस्त माविका प्रधानाध्यापक अमृत बुढाथाेकीले जानकारी  दिए । 

जिल्लामा प्रथम हुने शुक्रबार प्रदेश स्तरमा संचालन हुने प्रतियोगितामा सहभागि हुन पाउनेछन् । यो कार्यक्रम शिक्षा विकास निर्देशानालय, गण्डकीको वार्र्षिक कार्यक्रम अनुसार प्रदेश स्तरमा आधारभूत तथा माध्यमिक तहमा संचालन हुने  विद्यार्थी प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रमका लागि छनोट गएिको हो । 


No comments